Sunday, August 31, 2014

बर्तमान सरकार ईतिहासकै निकम्मा : अशोक राई

 

वर्तमान सरकार इतिहासकै निकम्मा : अध्यक्ष राई

पेलेर जान खोजे कडा संघर्ष गर्ने चेतावनी
 
प्रकाशित मिति: भाद्र १९ गते
Ashok_Rai_02_20130722080831काठमाडौं,भदौ १४–संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले वर्तमान सरकार इतिहासकै निकम्मा साबित भएको बताएका छन् । शनिबार पार्टीसम्बद्ध नेवाः प्रदेश समितिद्वारा आयोजित ‘संघीय जागरण अभियान’मा बोल्दै उनले निकम्मा सरकारको रबैयाकै कार वर्तमान सरकारको मुलुकको राजनीतिक गतिरोध चुलिएको आरोप लगाए ।
अधिकतम समय वर्तमान सरकार र सत्तासित दलहरुको आलोचनामा समय खर्चिएका राईले नेपालको इतिहासमा सबैभन्दा अयोग्य, अकर्मण्य र असफल सरकार अहिलेकै रहेको टिप्पणी गरे ।उनले वर्तमान सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा लापार्वाही ढंगले सरकार सञ्चालन गरिरहेको भन्दै कडा रोष प्रकट गरे ।
‘प्रतिपक्षलाई विश्वासमा लिई अघि बढ्नुपथ्र्यो,’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘तर, लापार्वाही ढंगले सरकार सञ्चालन गरिरहेका छन् ।’
राईले २६ जना सभासद् मनोनयन प्रक्रियामा समेत आपसी सहमतिलाई बेवास्ता गरी सत्तासित दलहरु अघि बढेको बताए । उनले प्रतिपक्ष दलहरुले सहमतिको आग्रह गर्दागर्दै कांग्रेस–एमालेले हतारमा निर्णय गरेको बताए । ‘त्यत्रो समय अनिर्णित रहेको सभासद मनोनयन प्रक्रियाका लागि दुई दिन समय माग्दा उनीहरुले मानेनन्,’ नेवाः राज्यस्तरका सयौं कार्यकर्तामाझ उनले भने, ‘यसले गर्दा वर्तमान दुई सत्तासिन दल (कांग्रेस–एमाले) पेलेरै जाने मनसायमा देखिन्छन् ।’
यद्यपि, राईले नेपालका उत्पीडित, उपेक्षित, शोषित र सीमान्तकृृतको मागलाई बेवास्ता गरी संविधान जारी गर्न आफूहरुले कडा संघर्ष गर्ने चेतावनीसमेत दिए । उनले भने, ‘संख्याको आधारमा नेपालका आम उत्पीडितको मागलाई बेवास्ता गरे कडा आन्दोलन गर्नेछौं ।’
सभासदसमेत रहेका राईले हाल संविधानसभाभित्र दम्भले कांग्रेस र एमाले बहुमतको भ्रम पालेर बसिरहेकाले मुक्त हुनसमेत सुझाए । ‘अहिले सुन्निएकोलाई मोटाएको भनी गलत व्याख्या गर्ने कार्य गरिरहेका छन्,’ कांग्रेस र एमालेलाई संकेत गर्दै उनले भने, ‘यसखाले भ्रमबाट मुक्त हुन आग्रह गर्दछु । किनभने संविधान संख्याले होइन, विचारले लेखिने हो ।’
नयाँ पार्टी निर्माण गरेर सही निर्णय ः
अध्यक्ष राईले वर्तमान संविधानसभामा कांग्रेस र एमालेको प्रवृत्ति र व्यवहार देख्दा संघीय समाजवादी पार्टी घोषणा गरेकोमा सही निर्णय गरेको बताए । ‘हामीले विभिन्न पार्टी त्यागपछि नयाँ पार्टी घोषणा गरेकोमा सोह्रैआना सही निर्णय गरेका रहेछौं,’ उनले भने, ‘नत्रभने अरु कसैले नयाँ पार्टी घोषणा गर्थे ।’
उनले सम्पूर्ण उत्पीडित जाति, समुदाय, लिंग र क्षेत्रको माग सम्बोधनमा संविधानसभामा प्रमुख भनिएका दलहरु सकारात्मक नरहेकाले पनि नयाँ शक्ति निर्माणमा अरु आउन सक्ने सम्भावनालाई औंल्याउँदै भने, ‘हामीले वास्तविक उत्पीडित आम जनसमुदायको जीवनस्तर उकास्नका निम्ति यो बाटो रोजेका हौं ।

Monday, August 11, 2014

२०० औ भानु जयन्तीको उपलक्ष्यमा दुबईमा अन्तर युएई खुल्ला कबिता प्रतियोगिता सम्पन्न !!!


अन्तर यूएइ खुल्ला कविता प्रतियोगिता सम्पन्न,सरोज पाहाँगो प्रथम-

द्दिसयौ भानु जयन्तीको अवसर पारेर विश्व नेपाली साहित्य महासंघ यूएइ शाखाले गत शुक्रवार अन्तर यूएइ खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । यस कार्यक्रममा क्रमशः सरोज पाँहगो प्रथम,टपन घर्तीमगर द्वितीय र साजन रार्इ तृतीय भएका छन् । यूएइमा रहेका करिब डेढ दर्जन कवि कवयित्रिहरू सहभागी रहेको यस कार्यक्रममा अप्रतियोगी कविहरूको उपस्थिति पनि बकुलै देखिएको थियो । सबैले समसामयिक विषयमा कविता वाचन गरेका थिए ।
विश्व नेपाली साहित्य महासंघ केन्द्रीय कार्यसमितिका महासचिव समदर्शी काँइलाको प्रमुख आतिथ्यमा सञ्चालित प्रतियोगितात्मक कार्यक्रमका निर्णायक मण्डलमा निर्णायक संयोजक दलवीरसीं वराइली ‘घायल’ , दिप राज नेयोङहाङ र निमेष गिरी रहनु भएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष डेर राज गुरुङ लमतमु, नेपाली समाज यूएइका अध्यक्ष ज्ञानेन्द्र कार्की, किरात याक्थुङ चुम्लुङका अध्यक्ष पि.एस.निङलेकु लिम्बु, पथ्री युवा समाजका अध्यक्ष  कृष्ण पौड्याल, आदिवासी जनजाति महासंघ यूएइका भूतपूर्व अध्यक्ष गिर मान थापा गाहा मगरले शुभकामना मन्तव्य राखेका थिए ।
विश्व नेपाली साहित्य महासंङले विश्वमा रहेका नेपाली साहित्य प्रति अभि रुचि राख्ने तमाम नेपालीहरू सँग परस्पर सम्बन्ध राखि नेपाली साहित्य र भाषालार्इ अन्ताराष्ट्रिय करण गर्दै लाने अभियान अन्तर्गत यूएइमा पनि यसको शाखा खोलिएको र यस शाखाले विगतका लामो समय देखि विविध नेपाली साहित्य सम्बन्धी क्रिया कलापहरू गर्दै आएको र तत्कालमै यूएइ अन्तर्गतका लोकप्रिय कवि कवयित्रिहरूको सृजनाको खोजी गरी प्रकाशनमा ल्याउने योजना रहेको कुरा शाखाका अध्यक्ष तथा कार्यक्रम संयोजक विद्रोही साइँलाले कार्यक्रम समापन गर्ने क्रममा बताउनु भयो ।
ग्रउमी, दुबई , युएई