समाचार
नौलो आवाज खबर पत्रिका
Sunday, October 12, 2014
किरात राई यायोख्या युएई को पाचौ अधिबेसन सम्पन्न, अध्यक्ष मा श्री महेन्द्र राई।
किरात रार्इ यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन सम्पन्न-
किरात रार्इ यायोक्खा यूएइ शाखाको पाँचौ अधिवेशन आज मिति-१०-१०-०१४ का दिन दुबाइको एभरेस्ट होटलमा भव्य रूपमा सम्पन्न भएको छ । आयोजक कमिटिद्वारा निर्धारण गरिएको निर्धारित समयमा नै सञ्चालन गरिएको कार्यक्रममा पहिलो चरणमा बन्द सत्र र दोस्रो चरणमा खुल्ला सत्र कार्यक्रम राखिएको थियो । संस्थाका कार्यवाहक अध्यक्ष आशीष सुच्चा रार्इको विविध कारण वस अनुपस्थिति रहेको हुनाले दुवै चरणको अध्यक्षता संस्थाका सोनापुर क्षेत्र अन्तर्गतका उपाध्यक्ष महेन्द्र रार्इले गर्नु भएको थियो । बन्द सत्रको कार्यक्रमद्वारा पुरानो कार्य समिति लार्इ भङ्ग गर्दै २७ सदस्सिय नयाँ कार्य समिति चयन गरियो । नय कार्य समिति चयनको लागि प्रस्तावित नामावलीहरूमा प्रतिस्पर्धीको रूपमा कसैले उम्मेद्दारि नदीए पछि नयाँ कार्य समिति चयनमा निर्वाचन प्रक्रिया न अपनार्इ सहमतिय प्रणाली द्वारा अध्यक्ष-महेन्द्र रार्इ, शुक्र राज खालिङ रार्इ-उपाध्यक्ष, तेज रार्इ-उपाध्यक्ष (प्रस्तावित), भगवती चाम्लिङ रार्इ-उपाध्यक्ष (महिला), ओवेग रार्इ -उपाध्यक्ष, महासचिव-मुम्चे रार्इ, सचिव-हर्क मणि रार्इ, कोषाध्यक्ष-भगवाती दुमी रार्इ, सह कोषाध्क्ष-दिल रार्इ,प्रवक्ता मनोज रूङ्माहाङ रार्इ, प्राविधिक प्रमूख-वालकुमार रार्इ र कार्यकारी सदस्यहरूमा-रमेश रार्इ, सि.के.वन्तावा रार्इ,नविन रार्इ, रूमिहाङ रार्इ, धन कृष्ण रार्इ, पुष्प राज रार्इ-(प्रस्तावित) प्रदिप चाम्लिङ रार्इ-(प्रस्तावित) , राज रार्इ-(प्रस्तावित) , कविता थुलुङ रार्इ, रेणुका रार्इ-(प्रस्तावित) , वसन्त रार्इ, तिलक साम्पाङ रार्इ-(प्रस्तावित), अमृता खालिङ रार्इ- (प्रस्तावित), तारा खालिङ रार्इ , राम कुमार रार्इ, प्रेम रार्इ-(प्रस्तावित) रहनु भएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ यूएइका वर्तमान अध्यक्ष डेर राज गुरूङको प्रमुख आतिथ्यमा सन्चालन गरिएको दोस्रो चरण अन्तर्गतको कार्यक्रम खुल्ला सत्रमा किराया यूएइका संस्थापक अध्यक्ष कटक रार्इ, खालिङ रार्इ उत्थान समाज यूएइका अध्यक्ष अमर खालिङ रार्इ, नेपाल आदिवासी जनजाति महासंघ यूएइ अन्तर्गतका ९ वटै जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, एन अर एन ए यूएइका प्रतिनिधि गोपाल कँडेल, नेपाल पत्रकार महासंघ यूएइका वर्तमान अध्यक्ष अर्जुन दाहाल,नमस्ते ट्राभल्स बाट एकेन्द्र थापा, पत्रकार हरूमा खेमराज खनाल, भूपराज खनाल, लक्षमण खनाल र त्रिलोचन कोइराला लगायत मानर्थ सदस्य नितु थापा मगर र प्रकृति गुरूङ श्रेष्ठको सहभागिता रहेको थियो ।
पानसमा वत्ती बालेर प्रमूख अतिथिको वाहुल्यवाट समुदघाटन गरिएको कार्यक्रममा नेपाली राष्ट्रिय गान गाएर राष्ट्रको सम्मान गर्दै संस्थाका भूतपूर्व सचिव तथा नव निर्वाचित प्राविधिक प्रमुख वाल कुमार रार्इले स्वागत मन्तव्य द्वार उपस्थित सबैलार्इ स्वागत सम्मान गर्नु भयो । सौभाग्य वस आजाकै दिन सुत्र मणी रार्इको अध्यक्षतामा क्षेत्रिय कार्य समिति अल्को+जेवलाली गठन भै नव गठित कार्य समिति को सदस्यहरू -अद्क्ष्य :- सुत्रमनी दुमी राई ,उपाद्क्ष्य:- टेकेन्द्र चाम्लिङ रार्इ, सचिव :- योगेश राई ,सह सचिब :- नोकुल राई, कोशाध्याक्ष्य :- राज कुमार राई, सह कोसाध्यक्ष्य :- चन्द्र राई सदश्य:- चन्द्रमान राई, सदश्य :- देव राज राई, सदस्य :- मनकुमार राई, सदस्य:- हिरा बहादुर राई र सदस्य :- खबिन्द्र राई को उपस्थितिमा क्षेत्रिय कार्य समितिलार्इ पनि अनुमोदन गरियो ।
शुभकामना मन्तव्य दिने क्रममा सम्पूर्ण पत्रकारहरूको प्रतिनिधित्व गर्दै पत्रकार महसँगका बर्तमन अध्यक्ष अर्जुन दाहाले हाम्रो देश नेपालमा समविधान बन्न नसकि देश सङ्क्रमणकालमा गुज्रिरहेको बेला सञ्चार माध्यमबाट सम्बन्धित निकायहरूमा दबाब दिन सवैलार्इ आग्रह गर्दै नेपाल पत्रकार महासंघ यूएइले पत्रकारिता तालिम आगामि सुक्रवार १६-१०-०१४ का दिन एभरेस्ट होटल वरदुवाइमा राखेको र यस कार्यक्रममा सहभागि हुन आग्रह गर्नु भयो । साथै प्रमुख अतिथि डेर राज गुरूङले नय कार्य समितिलार्इ बधाइ दिने क्रममा नेपालमा सङ्घिय प्रणाली लागु भएको अवस्थामा हुने उपलब्धिहरू छोटकरी रूपमा उल्लेख गर्नु भयो । संस्थाका महासचिवले प्रगति प्रतिवेदन प्रस्तुती र कोषाध्यक्ष भगवाती दुमी रार्इ द्दारा आर्थक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्य क्रममको अन्तमा क्षेकास अलको+जेवलालीका नव निर्वाचित अध्यक्ष र मुलकार्य समितिका अध्यक्ष द्द्वायले आ आफ्नो प्रतिवद्दता जाहेर गर्दै किरात रार्इ यायोकखाले चाैथो कार्यकालको विधाइ र पाँचौ अधिवेशनको शुरूवात संगै इलाम जिल्लाका हेमश रार्इलार्इ सहयोग ४५०००/-नेपाली रूपिय गर्ने घोषणा नव निर्वाचित अध्यक्ष महेनद्र रार्इले गर्नु भयो । हेमश रार्इलार्इ गरिने सहयोग सहित किरात रार्इ यायोक्खा यूएइले विभिन्न शिर्षकमा आर्थिक सहयोग मात्रै ६९०००/-दिह्राम बराबरको गरिएको तथ्याङक देखियो ।
ग्राउमी, दुबै युएई
Sunday, September 21, 2014
नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा २०औ आदिवासी दिबस २०१४ भब्यताका साथ सम्पन्न
यूएइमा "नेपाली कल्चरल शो'' दुइ ठाममा सम्पन्न
यूएइ-१९ सेप्टेम्बर, नेपाल आदिवासी जनजाति महासंघ यूएइले २०औं विश्व आदिवासी दिवस गत शुक्रवार १९ सेप्टेम्बर का दिन दुवाइको अउड मेहथा अन्तर्गत रहेको शेख रसिद अडिटोरियम हलमा भब्यारूपमा सम्पन्न ग-यो । यहि कार्यक्रमलार्इ गत-१८ सेम्पटेम्बर का दिन अवुधावीमा अलनाडा हाइस्कूलको भब्या हलमा नेपाली राज दुतको प्रमूख आतिथ्यमा सम्पन्न गरिएको थियो ।
इन्डियन च्यानल जि टि भी द्वारा सञ्चालित अति नै लोक प्रिय कार्यक्रम डिआइडी लिटिल मास्टर, सिजन-3 को विजयीता नेपालकी छोरी तेरिया फौजा मगरको सम्मान गर्दै तमाम यूएइ अन्तर्गतका नेपाली समुदायमा साक्षात्कार गराउने उदेश्यले आयोजना गरिएको यस कार्यक्रम अगस्ट-29 मा नै सम्पन्न गर्नु पर्ने निर्णय महासंङले गरे पनि अतिथि कलाकार तेरिया फौजा मगरको नेपाली पासपोर्ट ब्रिटिस कन्सुलर मुम्बै भारत ले रोकि दिए पछि यस कार्यक्रमलार्इ करिब एक महिना पछि सारिएको हो ।
इभेन्ट लिगल पाटनर साइ इभेन्टस को ब्यानरमा नेपाली कल्चरल शो कार्यक्रम, नेपाल आदिवासी जनजाति महासंघ यूएइ का वर्तमान अध्यक्ष डेर राज लमतमु गुरुङ को सभापतित्वा र रिगल ग्रूपका प्रमुख वासु स्रोफ 'दादाजी'का प्रमुख आतिथ्यमा सञ्चालन गरिएको यस कार्यक्रमका अन्य अतिथिहरूमा-साइ इभेन्टस बाट मेनेजिङ डाइरेक्टर- नविन नरवानी, जितिभीका प्रमुख- मिस प्रेमा सेट्टी, नेफिन यूएइ का संस्थापक अध्यक्ष यम तमु, एनआरएन मिडिलिस् कोअर्डिनेटर-चन्द्र रोकाह, नेपाली समाज यूएइका अध्यक्ष ज्ञानेन्द्र कार्की लगायत महासंघमा आबद्ध दशै वटा संस्थाका प्रमुख र प्रतिनिधिहरू रहेका थिए ।
प्रमुख अतिथिको बाहुल्यबाट दिप प्रज्वलन र नेपाली राष्ट्रिय गान सँगै उद्घाटन गरिएको यस कार्यक्रममा विभिन्न जात जातिहरूको भेष भूषा प्रदर्शनीले कार्यक्रमको सोभामा महत् पूर्ण भूमिका निर्वाह ग-यो । अतिथि कलाकार डिआइडि लिटिल मास्टार सिजन-3 को विजयीता नेपालकी छोरी तेरिया फौजा मगर र नेपाली चलचित्र 'नोभेम्बर रैन' कि चर्चित नायिका छुल्थिम डोलमा गुरुङ को विभिन्न सानदार प्रस्तुतिहरू सँगै स्थानीय कलाकारहरूको प्रस्तुति पनि अति नै अब्बल रह्यो । पहिचान जन्य संस्कृतिक झाँकी प्रदर्शनीमा थारू समुदायबाट- झुम्रा, नेवापुछ बाट- लाखे, मगर समाज बाट- सोरठी, कियाचु बाट- च्याब्रूङ, र किराया बाट- साकेला प्रस्तुत गरिएका थिए ।
यसै कार्यक्रमको अवसरमा अतिथि कलाकार द्वय तेरिया फौजा मगर र छुल्थिम डोलमा गुरुङलार्इ सम्मान गर्दै साथमा महासंघमा आवद्द रहेर संस्थालार्इ अमूल्या योगदान पू-याउनु हुने अन्य ब्यक्तिहरूलार्इ पनि सम्मान गरियो । यसै अवसरमा प्रमुख अतिथिको तर्फबाट शुभकामना मन्तव्य राख्ने क्रममा रिगल ग्रूपका प्रमुख वासु श्रफले यूएइमा रहेका नेपाली समुदायले गर्ने कुनै पनि पहिचान झल्कने सांस्कृतिक कार्यक्रम गर्दा शेख रशिद अडिटोरियम हल निःशुल्क रूपमा उपलब्ध गरि दिने प्रतिबद्धताको घोषणा गर्नु भयो । एक शो बराबर ३००००/- दिराम लाग्ने सो हल यूएइमा रहेका नेपाली समुदायले निःशुल्क पाउन आफैमा गर्वको विषय हो ।
ग्राउमि,यूएइ
Monday, September 8, 2014
दिल्ली दर्शनपछि ओलि झन निराश, सुस्माले भनिन्, तपाईको कुरा ले त सम्बिधान बन्दैन....
दिल्ली दर्शनपछि ओली झन निरााश, सुस्माले भनिन् ‘तपाईंका कुराले त संविधान बन्दैन’
काठमाडौं २३ भदौ । नेकपा एमालेका नवनिर्वाचित विरामी अध्यक्ष खड्ग प्रसाद शर्मा ओली स्वास्थ्य परीक्षणको बहानामा गत साता दिल्ली गएर आफ्नै राजनीतिक भविष्यको परीक्षण गरेर फर्केका छन् । दिल्ली परामर्शमा भारतीय पोशाक जवारी फुलकोटमा विदेशमन्त्री सुस्मा स्वराजलाई भेटेका ओली उनीसंगको भेटपछि निराश भएका छन् ।
ओली र सुस्मास्वराजबीचको भेटवार्तामा ओलीले देशभित्र जस्तै गरी चलाख बनेर देशभित्र ‘माओवादी र मधेशीले भनेजस्तो संघीयता हुननसक्ने, उत्तर दक्षिणको भूगोल मिलाएर ५ वटा प्रदेश बनाउने’ पक्षमा एमाले रहेको बताएका थिए । उनको कुरा सुनिसकेपछि सुस्मास्वराजले ‘त्यसो भए नेपालमा त संविधान नबन्ने भयो’ भन्ने जबाफ फर्काएपछि ओली छांगाबाट खसेजस्तो भएका थिए । स्रोतले भन्यो ‘ओलीले आफूले माओवादी र मधेशीको विरोध गरेपछि सुस्मा खुशी होलिन् भनेको त उल्टो भयो ।’
त्यसभन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको प्रशंशा गर्दै ओलीले ‘मोदीको भाषण सुनिरहेका सभासदले मात्र नभएर घर घरमा बसेर टेलिभिजन हेरिरहेका नेपालीले पनि ताली पिटेको’ बताउंदा सुस्माले हांसो थाम्न नसकेर खित्का छोडेर हांसेकी थिइन ।
सुस्मा स्वराजको नेपाल भ्रमणका बेला उनको दर्शन गर्न नपाएका ओलीले दिल्लीमा रहंदा निकै ठूलो जोडबल गरेर दर्शन पाएका थिए । दूतावास निकट स्रोतले भन्यो ओलीसंग भेटेपछि सुस्मास्वराज निकै निराश भइन । ओली कुनै नेताजस्तो नभएर चटपटे कलाकार जस्ता रहेछन् । उनले हामीसंग के कुरा गरिदियो भने खुशी हुन्छन् भन्ने अनुमान गरेर कुरा गर्दा रहेछन् । देशभित्रको बास्तविकताका बारेमा गुमराहमा राख्ने बानी रहेछ । यही कुरालाई विगतमा खुफिया एजेन्सीका अधिकारीहरुले आधार मान्दा नेपाल नीतिका बारेमा भारत चुकेको रहेछ ।
ओलीको उद्धेश्य माओवादीको तथानाम विरोध गर्ने र उनीहरुका विरुद्ध नेपालमा लड्न सक्ने आफूमात्र रहेको पुष्टि गरेर सत्तामा उक्लादेउ भन्ने थियो । त्यसका लागि ओलीले सकेसम्म बल गरे । दिल्लीमा रहंदा ओलीले रअका प्रमुख आलोक जोशीसंग दुई घण्टाजति यिनै विषयमा कुरा गरे । आलोक जोशीले ओलीसंगको भेटका बारेमा कुरा गरेको काठमाडौंको स्रोतले भन्यो, ओलीले सबैकुरा भन्दै जांदा प्रकारान्तलरे बाह्र बुंदे समझदारीको बातावारण बनाउनेदेखि बाबुरामलाई प्रधानमन्त्री बनाउनेसम्मका घटनामा भारतले गल्ती गरेका कारण आफूहरु अप्ठेरोमा परेको बताए । ओलीले रअको विगतको भूमिकाको पनि आलोचना हुने किसिमले प्रस्तुत भए । अझै अघि बढेर उनले नेपालमा सबैभन्दा खतरनाक व्यक्ति प्रचण्ड भएको पटकपटक दोहराए । प्रचण्डलाई ठिक पार्न सक्ने आफू बाहेक कोही पनि नभएको भन्दै गत संविधानसभाको चुनावमा भने रअको आर्थिक सहयोगको ठिक ढंगले सदुपयोग गर्न सकेकाले माओवादीलाई थचार्न सकिएको अनुभव सुनाए । ओलीले अझ अघि बढेर भारतले शुशील कोइरालाको सरकार गठन गर्न किन सहमति दिएको भन्दै त्यतिबेलै भारत केही समय अडिएको भए आफू नै प्रधानमन्त्री हुनसक्ने सम्भावना बताएर सत्तालिप्साका गम्भीर विरामी भएको राम्रै छाप छोडे आलोक जोशीसंग ।
आलोक जोशीसंग अन्तरंग सम्वन्ध भएको काठमाडौंस्थित स्रोतले भन्यो जोशीले तपाईंको यो विरामीपन कहिलेसम्म निको हुन्छ भनेर सोधेका थिए । जबाफमा ओलीले स्पष्ट जबाफ दिएनन् । ओलीको विरामीपन र उनको स्वास्थ्य परीक्षणको सबैभन्दा विस्तृत रिपोर्ट रअसंग नै छ । ओलीले दिल्लीमा रहंदा र सुस्मा स्वराजसंगको भेट नमिठो भएको महसुस गरेपछि त्यसलाई सुधार्न प्रधानमन्त्रीका सुरक्षा सल्लाहाकार अजित डोभाललाई भेटेर सच्याउन खोेजेका थिए । रअ प्रमुख आलोक जोशीले उनीसंग भेटाइदिन कोशिश गर्ने बताए पनि भेट गराएनन् । भारतीय दूतावास स्रोतका अनुसार डोभालले ओलीलाई भेट्ने विषयमा महत्व नै दिएनन् । मोदीसंग जापानमा रहंदा नै डोभालले सुस्मासंग ओलीको भेटघाट बारे सुचित भइसकेका थिए ।
भारतमा रअ र विजेपी सरकारका बारेमा गहिरो समस्या र आशंका छ । सन् १९६८ मा इन्दिरा गान्धीको कार्यकालमा रअको स्थापना भएको थियो । त्यसलगत्तै कांग्रेसबाट मोरारजी देसाईहरुले पार्टी विभाजन गरे । सन् १९७७ मा विजेपीका नेता भएर उनै मोरारजी देसाई प्रधानमन्त्री हुंदा रअमाथि कांग्रेसको खेलौना बनाएका आरोप लगाएर तात्कालीन रअ प्रमुख आर एन काओ र उनका डेपुटी के शंकरनलाई समेत अपदस्थ गरियो । रअलाई प्यासिभ बनाइयो । सन् १९८० मा इन्दिरागान्धी फेरि सत्तामा आएपछि रअ सक्रिय भयो । सन् १९९८ मा विजेपीको नेतृत्वमा अटलविहारी बाजपेयी प्रधानमन्त्री भएपछि पनि रअ र प्रधानमन्त्री कार्यालयप्रति गम्भीर आशंका बढ्यो । त्यसैको परिणाम भारतीय सरकारले पहिलो पटक प्रधानमन्त्री कार्यालयमा रअको प्रधानमन्त्रीसंग हुने सिधा सम्पर्कलाई चेक गर्नकै लागि सुरक्षा सल्लाहाकारको पद सिर्जना गरेर तात्कालीन इन्टेलिजेन्स व्युरो प्रमुख एम के नारायणनलाँई नियुक्त गरेको थियो । पछि एमके नारायणनलाई पनि आइविकै अवकाश प्राप्त प्रमुख ब्रजेश मिश्रले विस्थापित गरे । बाजपेयी सरकारका बेला रअ भन्दा सक्रिय यिनै एनएसएहरु भए । त्यसयता त्यो पदलाई मनमोहन सरकारले पनि निरन्तरता दियो । संंयोगले मोदी प्रधानमन्त्री भएपछि पनि उनी पछि सबैभन्दा शक्तिशाली देखिने पद एनएसए मा आइबिकै अवकाशप्राप्त प्रमुख अजित डोभाल नियुक्त भएका छन् । भारतीय खुफियातन्त्रमा आन्तरिक सुनामी सुरु भएको छ । रोचक के छ भने मनमोहन प्रधानमन्त्री हुंदा पूर्व खुफिया अधिकारीभन्दा बाहिरबाट राजनीतिक तथा कर्मचारी पृष्ठभूमिका श्याम शरण, शिबशंकर मेनन जस्ता व्यक्तिहरु एनएसए भएका थिए । यी दुबै जना नेपालका लागि राजदूत पनि भएक थिए । भारतको सत्तावृत्ति के देखिन्छ भने कांग्रेस बढ्ता रअमाथि भर पर्ने र विजेपी बढी देशभित्रको आन्तरिक खुफियाको जिम्मा लिएको इन्टेलिजेन्स व्युरो (आइबी) माथि विश्वास गर्दछन् ।
यस्तो ऐतिहासिक पृष्ठभूमिको राम्रो हेक्का नगरेका ०४६ सालको जनआन्दोलन पछिका सबै सन्दर्भमा देशभित्र प्रो इन्डियन छबि बनाएका केपी ओलीको हालैको दिल्ली परामर्श आत्मघाती हुने खतरा बढेको विश्लेषकहरुको भनाई छ । ओलीलै आफ्ना निकटस्थहरुसंग भारतले के गर्न खोजेको हो बुझ्नै सकिएन भन्ने टिप्पणी सुनाई रहेका छन् । त्यसभन्दा नेपालमा चलेका आन्दोलन र परिवर्तनका एजेण्डाहरु भन्दा बाहिरबाट नहिंड्न दिएको सुझावलाई ठिक ढंगले ओलीले बुझ्न नसकेको उनी निकट नेताहरुले बताउन थालेका छन् ।
गत शनिबार सिंहदरबारमा भएको संवैधानिक तथा सम्वाद समितिको बैठकमा ओलीले मधेशी र जनजातिजस्ता वाहियात र राष्टविरोधी शक्तिलाई बोकेर तपाईंले के गर्न खोजेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डसंग विनासन्दर्भ झोक्किए । जबाफमा प्रचण्डले तपाईंले आफ्नो विगत बाह्र बुंदे समझदारीदेखि जनआन्दोलनका बेलाका गतिविधि र दरबारसंगको चोचोमोचोमा गरेको इतिहास सम्झनु राम्रो हुने भन्दै यो देशमा परिवर्तन र देशभक्तहरुको सबैभन्दा बढी विरोधी तपाईं नै भएको जबाफ फर्काएपछि उनी नाजबाफ भएका थिए । ओलीले यतिबेला मधेशी र जनजातिलाई देख्नै नसक्ने भएका छन् । यो उनको पुरानै धारणा भएपनि दिल्ली दर्शनमा सबैपक्षको सहमति जरुरी हुने सन्देश पाएपछि यिनीसंग किन मिल्ने भन्ने आवेगले ओलीलाई सताइ रहेको छ ।
ओली दिल्ली जानु अघि उनकै निवासमा भएको एउटा बैठमा पनि यि मधेशीलाई किन भाउ दिएको भन्दै प्रचण्डसंग ओलीले तितो पोखेको एबीसीसंग कुरा गर्दै मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले बताएका थिए । ओली देशभित्र परिवर्तनकारी शक्ति विरोधी छन् भने बाहिर भारतको आर्शिवाद प्राप्त गर्ने अभियानमा पनि ठेस लाग्न थालेपछि उनको विरामीपन झन बढेको छ ।via from ABC news

Monday, September 1, 2014
अध्यक्षलार्इ विधार्इ
३०/०८/०१४, दुवाइ- नेपालि सङ्घीय समाज यूएइका अध्यक्ष इन्जिनियर प्रमोद श्रेष्ठलार्इ नेपालि सङ्घीय समाज यूएइ र आदिवासी जनजाति महासङ्घ यूएइको संयुक्त सहभागितामा गत शनिवार दुवाइको अल ममझार पार्कमा स-सम्मान सहित बिदाइ गरिएको छ । काठमाडौं जिल्ला, नगरपालिका काठमाडौं वाडा नं.३२ मैतीदेवी चौकका स्थायी बासिन्दा श्रेष्ठ विगत १० वर्ष भन्दा अगाडि देखि यूएईलार्इ आफ्नो कर्म क्षेत्र बनाउँदै इन्जिनेरिङ पेसा जस्तो उच्च ओहोदामा रहेर काम गर्दै आउनु भएको थियो ।
यूएईमा रहँदा बस्दा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध रहेर मानवीय सेवामा सरिक हुँदै आउनु भएका श्रेष्ठ नेवा पु:च यूएईका संस्थापक अध्यक्ष र नेपाल आदिवासी जनजाति महासंघ यूएइका वर्तमान प्रवक्ता हुनुहुन्थ्यो । पछिल्लो समयमा उहाँ ले नेपालि सङ्घीय समाज यूएइका अध्यक्ष जस्तो जिम्मेवार पद सम्हाल्दै वर्गीय मुक्तिको लागि समाजवाद र जातीय मुक्तिको लागि सङ्घीयता लार्इ अनुसरण गर्दै नेपालि सङ्घीय समाज यूएइको हरेक सवाल र जबाफमा खरो उत्रिँदै आउनु भएको थियो । स-परिवार सहित यूएइमा रहँदै आउनु भएका श्रेष्ठको विशेष पारिवारिक समस्याको कारण एक्कासि यूएइलार्इ पूर्ण रूपले छाडेर स्वदेश फर्किनु पर्ने भएको हुँदा, उहाँ ले संघ संस्थामा रहेर वा नरहि पनि नेपाली जन समुदायमा पु-याउनु भएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलार्इ आदर पूर्वक सम्मान गरिएको थियो ।
बिदाइ कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष श्रेष्ठले भन्नु भयो- ‘जीवन एउटा यात्रा हो, यसमा मिलन र बिछोड अवश्य हुन्छ त्यो हामीले स्विकार्नु पर्छ यद्यपि मिलनमा खुसी त बिछोडमा बिस्मात । भौतिक रूपमा म तपार्इहरू भन्दा टाढा रहे तापनि भावनात्मक रूपमा म सधैँ सँगै रहने छु । तपार्इहरू ले पनि नबिर्सि दिनु होला ।’ यूएइमा रहँदाको अन्तिम इच्छ- यूएइमा लोसार वा बुद्ध जयन्ती मनाउदा तामाङ, गुरूङ, शेर्पा र मगरहरूले एउटै लोसार र बुद्ध जयन्तीलार्इ पटक पटक मनाउदै आएको तर अव एकै पटक मनाउँदा राम्रो हुने सल्लाह दिदै यदि यसो न गरेमा लोसार चाड र बुद्ध जयन्ती मनाउँनेहरूले मलार्इ नसम्झेर बिर्सिएको हुनेछ भन्ने भान अग्रिम रूपमा राख्दै सबैको एकता नै बलियो अधार हुने कुरा खुलेर राख्नु भयो ।
यसै अवसरमा शुभकामना मन्तव्य दिने क्रममा आदिवासी जनजाति महासंघ यूएइका वर्तमान अध्यक्ष तथा नेपाली सङ्घीय समाज यूएइका केन्द्रीय प्रतिनिधि डि.आर गुरूङले, सञ्चार मध्यमको श्रोतहरू वर्तमान समयमा प्रशस्त हुने भएकोले हामीले पहिलेको जस्तै चौतारी, देउराली, हिटी, र हाट-बजारमा भेट्न कसैलार्इ कुरी बस्नु नपर्ने कुरा बताउनु भयो । इमेल ,जी मेल, याहु, फेस बुक, स्काइप, वाटसयप थुप्रैछ भेटने माध्यमहरू छ भन्दै चाहेको अवस्थामा जताततै र जहिले पायो तेती बेला भेट गर्न सकिने कुरालार्इ अगाडि सार्दै श्रेष्ठको आगामी दिनहरू सफल रहोस भन्ने शुभकामना व्यक्त गर्नु भयो । यस अवसरमा नोभेम्बर रैन सिनेमा की चर्चित नायिका तथा बहु प्रतिभा की धनी छुल्थिम डोलमा गुरुङ को पनि उपस्थिति रहेको थियो ।
ग्राउमी,यूएइ

Sunday, August 31, 2014
बर्तमान सरकार ईतिहासकै निकम्मा : अशोक राई
वर्तमान सरकार इतिहासकै निकम्मा : अध्यक्ष राई
पेलेर जान खोजे कडा संघर्ष गर्ने चेतावनी
प्रकाशित मिति: भाद्र १९ गते
अधिकतम समय वर्तमान सरकार र सत्तासित दलहरुको आलोचनामा समय खर्चिएका राईले नेपालको इतिहासमा सबैभन्दा अयोग्य, अकर्मण्य र असफल सरकार अहिलेकै रहेको टिप्पणी गरे ।उनले वर्तमान सरकारले प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा लापार्वाही ढंगले सरकार सञ्चालन गरिरहेको भन्दै कडा रोष प्रकट गरे ।
‘प्रतिपक्षलाई विश्वासमा लिई अघि बढ्नुपथ्र्यो,’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘तर, लापार्वाही ढंगले सरकार सञ्चालन गरिरहेका छन् ।’
राईले २६ जना सभासद् मनोनयन प्रक्रियामा समेत आपसी सहमतिलाई बेवास्ता गरी सत्तासित दलहरु अघि बढेको बताए । उनले प्रतिपक्ष दलहरुले सहमतिको आग्रह गर्दागर्दै कांग्रेस–एमालेले हतारमा निर्णय गरेको बताए । ‘त्यत्रो समय अनिर्णित रहेको सभासद मनोनयन प्रक्रियाका लागि दुई दिन समय माग्दा उनीहरुले मानेनन्,’ नेवाः राज्यस्तरका सयौं कार्यकर्तामाझ उनले भने, ‘यसले गर्दा वर्तमान दुई सत्तासिन दल (कांग्रेस–एमाले) पेलेरै जाने मनसायमा देखिन्छन् ।’
यद्यपि, राईले नेपालका उत्पीडित, उपेक्षित, शोषित र सीमान्तकृृतको मागलाई बेवास्ता गरी संविधान जारी गर्न आफूहरुले कडा संघर्ष गर्ने चेतावनीसमेत दिए । उनले भने, ‘संख्याको आधारमा नेपालका आम उत्पीडितको मागलाई बेवास्ता गरे कडा आन्दोलन गर्नेछौं ।’
सभासदसमेत रहेका राईले हाल संविधानसभाभित्र दम्भले कांग्रेस र एमाले बहुमतको भ्रम पालेर बसिरहेकाले मुक्त हुनसमेत सुझाए । ‘अहिले सुन्निएकोलाई मोटाएको भनी गलत व्याख्या गर्ने कार्य गरिरहेका छन्,’ कांग्रेस र एमालेलाई संकेत गर्दै उनले भने, ‘यसखाले भ्रमबाट मुक्त हुन आग्रह गर्दछु । किनभने संविधान संख्याले होइन, विचारले लेखिने हो ।’
नयाँ पार्टी निर्माण गरेर सही निर्णय ः
अध्यक्ष राईले वर्तमान संविधानसभामा कांग्रेस र एमालेको प्रवृत्ति र व्यवहार देख्दा संघीय समाजवादी पार्टी घोषणा गरेकोमा सही निर्णय गरेको बताए । ‘हामीले विभिन्न पार्टी त्यागपछि नयाँ पार्टी घोषणा गरेकोमा सोह्रैआना सही निर्णय गरेका रहेछौं,’ उनले भने, ‘नत्रभने अरु कसैले नयाँ पार्टी घोषणा गर्थे ।’
उनले सम्पूर्ण उत्पीडित जाति, समुदाय, लिंग र क्षेत्रको माग सम्बोधनमा संविधानसभामा प्रमुख भनिएका दलहरु सकारात्मक नरहेकाले पनि नयाँ शक्ति निर्माणमा अरु आउन सक्ने सम्भावनालाई औंल्याउँदै भने, ‘हामीले वास्तविक उत्पीडित आम जनसमुदायको जीवनस्तर उकास्नका निम्ति यो बाटो रोजेका हौं ।
Monday, August 11, 2014
२०० औ भानु जयन्तीको उपलक्ष्यमा दुबईमा अन्तर युएई खुल्ला कबिता प्रतियोगिता सम्पन्न !!!
अन्तर यूएइ खुल्ला कविता प्रतियोगिता सम्पन्न,सरोज पाहाँगो प्रथम-
द्दिसयौ भानु जयन्तीको अवसर पारेर विश्व नेपाली साहित्य महासंघ यूएइ शाखाले गत शुक्रवार अन्तर यूएइ खुल्ला कविता प्रतियोगिता सम्पन्न गरेको छ । यस कार्यक्रममा क्रमशः सरोज पाँहगो प्रथम,टपन घर्तीमगर द्वितीय र साजन रार्इ तृतीय भएका छन् । यूएइमा रहेका करिब डेढ दर्जन कवि कवयित्रिहरू सहभागी रहेको यस कार्यक्रममा अप्रतियोगी कविहरूको उपस्थिति पनि बकुलै देखिएको थियो । सबैले समसामयिक विषयमा कविता वाचन गरेका थिए ।
विश्व नेपाली साहित्य महासंघ केन्द्रीय कार्यसमितिका महासचिव समदर्शी काँइलाको प्रमुख आतिथ्यमा सञ्चालित प्रतियोगितात्मक कार्यक्रमका निर्णायक मण्डलमा निर्णायक संयोजक दलवीरसीं वराइली ‘घायल’ , दिप राज नेयोङहाङ र निमेष गिरी रहनु भएको थियो । कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष डेर राज गुरुङ लमतमु, नेपाली समाज यूएइका अध्यक्ष ज्ञानेन्द्र कार्की, किरात याक्थुङ चुम्लुङका अध्यक्ष पि.एस.निङलेकु लिम्बु, पथ्री युवा समाजका अध्यक्ष कृष्ण पौड्याल, आदिवासी जनजाति महासंघ यूएइका भूतपूर्व अध्यक्ष गिर मान थापा गाहा मगरले शुभकामना मन्तव्य राखेका थिए ।
विश्व नेपाली साहित्य महासंङले विश्वमा रहेका नेपाली साहित्य प्रति अभि रुचि राख्ने तमाम नेपालीहरू सँग परस्पर सम्बन्ध राखि नेपाली साहित्य र भाषालार्इ अन्ताराष्ट्रिय करण गर्दै लाने अभियान अन्तर्गत यूएइमा पनि यसको शाखा खोलिएको र यस शाखाले विगतका लामो समय देखि विविध नेपाली साहित्य सम्बन्धी क्रिया कलापहरू गर्दै आएको र तत्कालमै यूएइ अन्तर्गतका लोकप्रिय कवि कवयित्रिहरूको सृजनाको खोजी गरी प्रकाशनमा ल्याउने योजना रहेको कुरा शाखाका अध्यक्ष तथा कार्यक्रम संयोजक विद्रोही साइँलाले कार्यक्रम समापन गर्ने क्रममा बताउनु भयो ।
ग्रउमी, दुबई , युएई
Monday, July 28, 2014
तेरिया अव यूएइमा
तेरिया अव यूएइमा
DANCE INDIA DANCE LITTLE MASTER 3RD SEASON को
वि जेता नेपालको छोरी तेरिया फौजा मगरलार्इ आदिवासी जनजाति महासंघ यूएइले २०सौं
विश्व आदिवासी दिवसको अवसर पारेर समग्र यूएइ वासी नेपालीहरू सँग साक्षात्कार गराउन
साथै DANCE INDIA DANCE LITTLE MASTER 3RD SEASON मा प्रथम भइ
सारा नेपालीहरूको शिर विश्वमा उच्च राख्न सफल भएकोमा उनको प्रतिभाको कदर गर्दै र
उनको उज्वल भविष्यको कामना गर्दै उनलार्इ सम्मान गर्ने प्रमुख उद्देश्यले निम्तो
गरिने भएको छ । AUGUST-29-014 का दिन SHEIKH RASHID
AUDITORIUM AL MEHTA DUBAI को विशाल हलमा सम्पन्न हुन लागिरहेको विश्व
आदिवासी दिवस कार्य क्रममा तेरिया फौजा मगरलार्इ अतिथि कलाकारको रूपमा सहभागी
गराइनेछ । GEE TV सँगको प्रत्यक्ष कुराकानी अनुसार तेरियालार्इ
यूएइमा आगमन गराउँदा उनको साथमा GEE TV का MANAGER र उनकी आमा
अनिवार्य हुनुपर्ने हुँदा उहाँहरूलार्इ पनि अतिथिको रूपमा भब्य स्वगत गरिने छ ।
तेरियालार्इ DID LITTLE MASTER 3RD SEASON मा जिताउन भोटी ङ लाइन यूएइ बाट
२००००००+.....रहेको थियो ।
Subscribe to:
Posts (Atom)