Monday, July 28, 2014

तेरिया अव यूएइमा



तेरिया अव यूएइमा

 DANCE INDIA DANCE LITTLE MASTER 3RD SEASON को वि जेता नेपालको छोरी तेरिया फौजा मगरलार्इ आदिवासी जनजाति महासंघ यूएइले २०सौं विश्व आदिवासी दिवसको अवसर पारेर समग्र यूएइ वासी नेपालीहरू सँग साक्षात्कार गराउन साथै DANCE INDIA DANCE LITTLE MASTER 3RD SEASON मा प्रथम भइ सारा नेपालीहरूको शिर विश्वमा उच्च राख्न सफल भएकोमा उनको प्रतिभाको कदर गर्दै र उनको उज्वल भविष्यको कामना गर्दै उनलार्इ सम्मान गर्ने प्रमुख उद्देश्यले निम्तो गरिने भएको छ । AUGUST-29-014 का दिन SHEIKH RASHID AUDITORIUM AL MEHTA DUBAI को विशाल हलमा सम्पन्न हुन लागिरहेको विश्व आदिवासी दिवस कार्य क्रममा तेरिया फौजा मगरलार्इ अतिथि कलाकारको रूपमा सहभागी गराइनेछ । GEE TV सँगको प्रत्यक्ष कुराकानी अनुसार तेरियालार्इ यूएइमा आगमन गराउँदा उनको साथमा GEE TV का MANAGER र उनकी आमा अनिवार्य हुनुपर्ने हुँदा उहाँहरूलार्इ पनि अतिथिको रूपमा भब्य स्वगत गरिने छ । तेरियालार्इ DID LITTLE MASTER 3RD SEASON मा जिताउन भोटी ङ लाइन यूएइ बाट २००००००+.....रहेको थियो ।


यसै कार्इक्रमको अवसर पारेर विशेष अतिथिको रूपमा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय कार्य समितिका वर्तमान अध्यक्ष नगेन्द्र प्रसाद कुमाललार्इ विसेश अतिथिको रूपमा निमन्त्रणा  गर्ने निर्णय आदिवासी जनजाति महासंघ यूएइले गरेको छ । कुमालको उपस्थिति विशेष त विश्वमा रहेका आदिवासी जनजातिहरूको वर्तमान वस्तु स्थिति सम्बन्धमा तमाम नेपालीहरूमा खुलस्त रूपमा प्रेशन गर्न मा नै केन्द्रित रहने कुरालार्इ जोड दिइएको छ ।

यस अवसरमा प्रस्तुत गरिने अन्य प्रस्तुतिहरूमा विभिन्न सांस्कृतिक झाँकीहरू, विभिन्न जातीय वेषभूषा प्रदर्शनी, स्थानीय कलाकारहरूद्वारा साङ्गीतिक तथा नृत्य प्रस्तुति साथै हास्य-व्यङ्ग्य जस्ता प्रस्तुतिहरू पनि रहने छ । यस कार्य क्रमको प्रमुख आयोजना SAI EVENT MANAGEMENT AND NEFIN UAE रहने छ भने, सह आयोजकमा महासंघमा आबद्ध नौ वाटै संस्थाहरू- नेवा पुछ यूएइ, किरात याक्थुङ चुम्लुङ यूएइ, तामाङ समाज यूएइ, नेपाल मगर संघ यूएइ, शेर्पा किदुक यूएइ, भूजेल सेवा समाज यूएइ, किरात रार्इ यायोक्खा यूएइ, तमु समाज यूएइ, प्रवासी थारू समाज यूएइ रहनेछन् ।
यसै कर्यक्रमको अवसरमा आदिवासी जनजाति महासंघ यूएइले सदा झैं  यस पटक स्रष्टा सम्मानमा म अमेजन उकालो वग्छुकविता सङ्ग्रहका सर्जक बहु रंगबादी कवि मन कुमार लावती- समदर्शी काइलालार्इ ताम्र पत्र सहित कदर गर्ने निर्णय गरेको छ । वहाँद्वारा लिखित म अमेजन उकालो वग्छुकविता सङ्ग्रह अध्ययन अध्यापनको लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गत M PHIL LEVEL मा सन्दर्भ पाठ्य पुस्तकमा समावेश छ । उहाँ विश्व साहित्य महासंघको केन्द्रीय महासचिव तथा कियाचु यूएइको वर्तमान कार्यवाहक अध्यक्ष को रूपमा अबद्ध हुनुहुन्छ ।
SAI EVENT MANAGEMENT AND NEFIN UAE KO सानदार प्रस्तुति “A NEPALESE CULTURAL SHOW” का प्रमुख आकर्षण तेरिया फौजा मगर, नगेन्द्र प्रसाद कुमाल र छुल्थिम डोलमा गुरुङ रहने यस कार्यक्रमलार्इ नेपालबाट निम्तो गरिएको VJ/RJ तथा नायिका/गायिका छुल्थिम डोलमा गुरुङद्वारा सञ्चालन हुने छ । भने, यस कार्यक्रम सभ्य र भव्य हुनेमा आयोजक तथा सह आयोजकहरू विश्वास राख्द छ ।
योजक कमिटिले २५-०७-०१४ का दिन नेपाली रेस्टुरेन्ट बरदुवाइमा पत्रकार सम्मेलनको योजना गरी तेरिया फजा मगरलार्इ यूएइमा ल्याउने र यूएइका तमाम नेपालीहरूमा साक्षात्कार गराउँदै सम्मान गर्ने पूर्व योजना सम्बन्धी खुलस्त रूपमा सहभागी पत्रकारहरूलार्इ जानाकारी दियो । यसै क्रममा “A NEPALESE CULTURAL SHOW” का संयोजक तथा आदिवासी जनजाति महासंघ यूएइका अध्यक्ष डेर राज गुरुङ लमतमुले तेरिया फौजा मगरले DID LITTLE MASTER 3RD SEASON COMPETITIONको पाँचं श्रृंखलामा प्रवेश गर्दै उनलार्इ यूएइमा ल्याउने कुराको घोषणा आदिवासी जनजाति महासंघका यूएइले गरेको थिय , भन्नु भयो ।  कार्यक्रम सम्बन्धी तालिकाहरू प्रस्तुत गर्ने क्रममा उपस्थित पत्रकारहरूको- तेरियालार्इ ZEE TVले ३ सालको लागि बन्दकी राखेको र उसले कुनै कार्यक्रमहरूमा नाच्न नपाउने भनिएको छ नि ? जस्ता सोधिएको प्रश्नको जबाफ दिने क्रममा तेरियालार्इ  ZEE TVले अनुबन्धित गरेको होइन उसको कलालार्इ गरेको हो र यो स्वाभाविक पनि हो किन भने तेरियालार्इ यो स्थान सम्म पु-याउने काम पनि ZEE TV कै रहेकोले यो कुनै अनठो र अन्यय पूर्ण कुरा होइन । र जून नाच्न नपाउने भन्ने सवालमा ZEE TVले राखेको मापदण्ड भित्र रहेर कुनै पनि कार्यक्रमहरू आयोजना गरिएको अवस्थामा तेरियाले नाच्न पाउने तर कसैले हचुवाको तालमा आफूखुसी कार्यक्रमको आयोजना गरेमा तेस्ता कार्यक्रममा नाच्न नपाउने कुरा प्रस्ट पार्नु भयो । साथै उपस्थित अन्य सहभागिहरूको- यस कार्यक्रमले गैर नेपालीहरूको लागि कस्तो भूमिका निर्वाहा गर्ने छ ? भन्ने जिज्ञासामा संयोजक तमुले भन्नु भो- यस कार्यक्रममा ZEE TVको पनि प्रतक्ष सहभागिता रहने हुनाले गैर नेपालीहरूको लागि पनि ढोका खुल्ला रहने छ ।


ग्रउमि-यूएइ

No comments:

Post a Comment

कुनै प्रतिकृया छ कि ?