Monday, July 14, 2014

यु.ए.ई.मा नेपाली चेली रेनुका विकलार्इ सहयोग नेपाल पठाउन कुट नैतिक पहल

विकलाई सहयोग
धनकुटा जिल्ला, घोर्लिखर्क गा.वि.स. वार्ड नं ३ घर भई विगत ३ महिना देखी यु.ए.ई. को अजमान शहरमा घरेलु कामदारको रूपमा काम गर्दै आएकी श्रीमती रेनुका विश्वकर्मा कामको चाप धेरै भई उक्त काम गरी रहेको घरबाट भागेको अवस्थामा निजलारि दुवाइको बस पार्क नजिकै सडक किनारामा रोइरहेको अवस्थामा किरात राई यायोक्खा यूएइका सोनपुर,शारजाह र अजमान क्षेत्र अन्तर्गतका उपाध्यक्ष महेन्द्र राईले इस्वी संवत-०४-०७-०१४ शुक्रवारका दिन भेटी निजलारि स्वंम र प्रकृति गुरुङ श्रेष्ठको आर्थिक सहयोगमा साथै संघिय समाज यूएइका केन्द्रीय प्रतिनिधि तथा आदिवासी जनजाति माहासंघ यूएइका वर्तमान अध्यक्ष डेर राज गुरुङ र संघिय समाज यूएइका अवुधाबी क्षेत्र अन्तर्गतका उपाध्यक्ष दिप राज योङहाङको पहलमा नेपाली राजदूतावास यूएइ अवुधाबीको आकस्मिक आवास कक्ष सम्म पु-याउने काम गरियो ।
सम्झौतानुसारको तलव समयमा नदिने, खाना र सुत्नको राम्रो ब्यवस्था नहुने साथै एउटै घरमा मात्र काम गर्नु पर्ने मा दैनिक चार घर सम्म काम गर्नु पर्ने जस्ता समस्याको कारण घर छाडेर भागेकी रेनुकालाई नेपाल पठाउन कुटनैतिक पहल अन्तर्गत नेपाली राजदुतावास अवुधाबीको जानकारी अनुसार निज पीडित रेनुकालाई हवाइ टिकेट उपलब्ध गराउनु पर्ने भएकोले किरात राई यायोक्खा यूएइको सक्रियतामा शेर्पा किदुक यूएइका वर्तमान अध्यक्ष तथा आदिवासी जनजातिमाहासंघ यूएइका प्रथम उपाध्यक्ष समाज सेवी पाशाङ रिन्जे शेर्पाद्दारा ५००।- दिह्राम र किरात राई यायोक्खा यूएइको तर्फबाट २००।- दिह्राम गरी जम्मा हवाइ टिकेटको लागी अवस्याक रकम ७००।- दिराम नेपाली राजदुतावासको रोहवरमा उपलब्ध गराइयो निज पिडित विकलाई । ४० डिग्रीभन्दा माथिको चर्को घाममा दुवाइ शहरको जस्तो ब्यस्त सडक किनारामा आफ्नो कुम्लो कुटुरा संगै रूनु रेनुकाको चाहाना थिएन तर नचाहाँदा नचाहँदै उनले यो अस्थाको सामना गर्नु प-यो । यस अवस्थामा, सोझा सिधा नेपाली चेलीबेटिहरूलारि विभिन्न लोभलालचा देखाउँदै यौन व्यवसायमा संलग्न गराउने नेपाली गिरोहको हात परेकी भए रेनुका विकको अवस्था यस्तै हुन्थ्यो भन्न सकिन्नथ्यौ । भाग्य बस उनी समाज सेवी तथा आफ्नै छिमेकी दाइको साथ पाइन ।



समाचार : ग्राउमी

No comments:

Post a Comment

कुनै प्रतिकृया छ कि ?