आज भएको एनेकपा (माओवादी), मधेसवादी तथा सङ्घीय समाजवादी तिनवटा शक्तिको संयुक्त बैठकले सङघीय गणतान्त्रिक मोर्चा, नेपालको अवधारणा पत्रलाई अन्तिम रुप दिएको छ ।

करिब ६ महिनाको बैचारिक वहस, विश्वास–अविश्वास तथा विगतका
राजनीतिक व्यवहारको समिक्षापछि अन्ततः यहि २०७१ आषाढ २६ गते २ बजे यूनाइटेड
वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा ७ वटा दलको संयुक्त मोर्चा घोषणा
हुने भएको छ। यस घोषणा सभामा भाग लिन सम्पुर्ण जन समुदायहरुमा हार्दिक अनुरोध छ । यस मोर्चाले पहिचान सहितको सङ्घीयता(राज्य पुनर्संरचना समितिको १४ वा आयोगको १० प्रदेशको प्रस्तावलाई आधार बनाएर), स्वशासनयुक्त स्वायत्त प्रदेशहरुको स्थापना, प्रदेशहरुलाई अवशिष्ट अधिकार, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सङ्घीय न्यायपालिका, सवैधानिक अदालतको व्यवस्था, वहुभाषिक नीति, राज्यका सम्पूर्ण अङ्गहरुमा जातीय÷सामुदायिक जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, आदिवासी अधिकार सम्बन्धि संयुक्त राष्ट्रसङ्रघको घोषणा पत्रको आधारमा आत्मनिर्णको अधिकार, आइएलओ १६९ को आधारमा अग्राधिकार, एमाओवादी, मधेसवादी तथा आदिवासी जनजातिहरुसँग भएका सम्झौताहरुको कार्यान्वयन लगायतका मुद्दाहरुमा सडक र सदनमा सहकार्य गर्ने निर्णय गरेको छ ।
यस मोर्चाले जन जागरण कार्यक्रमदेखि निर्णायक रुपमा सडक आन्दोलनसम्मको कार्यक्रम तय गर्ने निर्णय पनि गरेको छ । मोर्चाको नेतृत्व आवधिक रुपमा चक्रिय प्रणालीको आधारमा हुने छ |
No comments:
Post a Comment
कुनै प्रतिकृया छ कि ?