पहिचान र संघीयताबारे भ्रम चिर्ला ?
काठमाडौं, २४ असार । पहिचान र संघीयताबारे आङकाजी शेर्पाको पुस्तक ‘पहिचान र संघीयताबारे फैलाइएका भ्रमहरु’ को बिमोचन गरीएको छ ।
आज ९मंगलबार० राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेकपा–माओबादीका अध्यक्ष मोहन बैद्य, संघीय समाजबादी पार्टीका अध्यक्ष अशोक राई, आदिबासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल लगायतले पुस्तकको संयुक्त रुपमा बिमोचन गरे ।
सो अवसरमा नेकपा–माओबादीका अध्यक्ष बैद्यले उत्पिडनमा परेका जातिहरुको जातीय पहिचानसहितको संघीयतामा आफ्नो पार्टी अडिक रहेको बताए । उनले अहिले सम्म कुनै पनि उत्पीडीत जाति तथा बर्गको हित हुने काम हुन नसकेको पनि उल्लेख गरे । ‘हामी उत्पीडनमा परेका सम्पूर्ण जाति तथा बर्गको उत्थानका लागि सशस्त्र द्वन्द्वमा गएका थियौं, तर अहिले सम्म ती बर्गको उत्थान हुने कुनै काम भएको देखिएको छैन,’ बैद्यले भने । उनले उत्पीडनमा परेका जातिहरुको जातीय पहिचानसहितको संघीयता प्राप्त नभएसम्म आफ्नो पार्टीले संघर्ष गरिरहने बताए । उनले त्यसका लागि सम्पूर्ण उत्पीडीत जनजाति तथा बर्गलाई एक जुट हुन पनि आह्वान गरे । ‘संघीयता बारे हाम्रो उदेश्य एउटै छ, तर त्यसका लागी हामी सबै एक हुन जरुरी छ,’ उनले भने, ‘नत्र फुटाउने र राजगर्नेहरु पनि प्रसस्तै छन् ।’
उनले आफ्नो पार्टी संविधान बिरोध नभएको पनि स्पष्ट पारे । उनले संविधानसभा भित्र र बाहिर रहेका सबै दलहरुको भेलामार्फत यो कार्य अघि बढाउनु पर्ने तर्क राखे । ‘हामी संविधान बिरोधी हैनौं, तर अहिले केही दल संविधानसभामा छन्, जनताका लागि लडेका केही दल बाहिर छन्,’ उनले भने, ‘त्यसैले हाम्रो पार्टीले सहमतीका लागि सबै दलहरुको सहभागीतामा छलफलको माग गरिरहेको छ ।’ कार्यक्रममा नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर गुरुङले पहिचान भूगोलले मागेको नभइ आदिवासी जनजातिले मागेको बताए । नेता गुरुङले पहिचान र संघीयता कुनै , कुनै धर्म, कुनै क्षेत्रको विरुद्धमा नरहेको स्पष्ट पारे । संघीय समाजबादीका अध्यक्ष अशोक राईले संघीयता र पहिचान विरोधी पार्टीहरुले गलत भ्रम फैलाएको आरोप लगाए । ‘हामी पहिचान र संघीयता नलिइ छाड्दैनौं ।’ उनले भने, त्यसका लागि सदन र सडक दुबै ठाउँबाट संघर्ष गर्नुपर्ने बताए । नेपाल आदिबासी जनजाती महासंघका पुर्व महासचिव शेर्पाले पहिचान र संघियता बारे ५२ पृष्ठको हाते पुस्तक लेखेका छन् । उनको पुस्तकमा पहिचान तथा संघियता, त्यस भित्र राज्यका अन्य अंगहरुको ब्यवस्था लगायतका बिषयमा विस्तृत चर्चा गरीएको छ ।

No comments:
Post a Comment
कुनै प्रतिकृया छ कि ?