राष्ट्रघाती संझौता गर्न खोज्ने बिरुद्द किन चुपचाप एमाले ?
कम्युनिष्टहरु मुलत राष्ट्रियताप्रति बढि सचेत र गम्भिर हुन्छन् भनिन्छ । भारतले नेपाललाई हेप्नु र कम्युनिष्टहरु सत्तामा पुग्नु अघि भारतै को बिरोध र राष्ट्रियताको पक्षमा बढि आवाज उठाउनालेपनि हुनुपर्छ, नेपालमा कम्युनिष्ट लोकप्रियता बढि छ । त्यसैले कम्युनिष्टको नामबाट राष्ट्रघाती काम गर्नेहरु धेरै छन् । कम्युनिष्टको बदनाम गर्ने र नेपालको राष्ट्रियतामाथि गद्दारी गर्नेहरु कम्युनिष्टका नाममा राजनिति गर्छन् । नेकपा एमालेका वामदेव गौतम र राधा ज्ञवालीले पछिल्लो समयमा नेपालको नदीनालामाथिको अधिकार भारतलाई सुम्पिने त्यहि षडयन्त्र गरे ।
उर्जा ब्यापार सम्झौता गर्न खोजेको वर्षौं वर्ष देखि हो भारतले । आफू अनुकूल अर्थात नेपालको सबै पानी कब्जा गर्ने उपयुक्त अवशर र गद्दार नेताहरु सत्तामा पुगेको अवशर खोजेर बसिरहेको थियो । सन् २०१० मा नेपालले उर्जा ब्यापार सम्झौता प्रस्ताव गर्यो भारतलाई । तर त्यसमा नेपालका नदीनाला कब्जा गर्न सक्ने देखेन । त्यसको सट्टा भारतले नेपालको जलबिद्द्युत र नविकरण उर्जाको स्रोतमा नियन्त्रण गर्ने आशयको अर्कै मस्यौदा पठायो । त्यो सार्वजनिक हुनासाथ चौतर्फी बिरोध भयो ।
तैपनि भारतले मौका ढुकेर बसिरहेको थियो । उपयुक्त पात्रा फेला पार्यो राधा ज्ञवाली र वामदेव गौतम । राधा ज्ञवालीले भारतको त्यो स्वार्थ पुरा गर्न गज्जबको अक्किल निकालिन् । न्यायसेवाको क्षेत्रमा काम गरिरहेका सचिव राजेन्द्रकशिोर क्षेत्रीलाई लोकसेवा आयोगको स्विकृति नलिईकन जबरजस्ती उर्जा मन्त्रालयमा तान्ने । अब उनी र उर्जामन्त्री राधा ज्ञवालीले सुटुक्क काम गर्न पाउने भए । उता प्रधानमन्त्री सुशिल कोइराला अमेरिका पुगेका । कार्यबाहक प्रधानमन्त्री वामदेव गौतमले लिएको बेला पारियो । उर्जा सचिव, उर्जा मन्त्री र कार्यवाहक प्रधानमन्त्री ठ्याक्क मिले । यहि मेसो मिलाएर उर्जा सचिवलाई भारत पठाउने रोजना रचियो । भारतले पठाएको उर्जा संझौतामा हस्ताक्षर गर्न । प्रधानमन्त्री कोइरालालाइपनि थाह नदिइकनै जलश्रोत संझौतामा संझौता गर्न उनीहरु कस्सीए ।
भारतले गरेको प्रस्तावमा भारतले आफ्नो देशका कम्पनीहरूले मात्र नेपालको जलविद्दुत विकास गर्न पाउने उल्लेख गरेको रहेछ । नेपालले चाहेमा भारतीय अनुमतिमा संयुक्त उपक्रममा सहभागी हुन पाउने र अरु कुनैपनि विदेशी कम्पनी सहभागी हुन नपाउने । हाम्रो देशको जलबिद्दुतमा कसलाई लगानी गर्न दिने भन्ने निर्णय भारतलाई पो सोध्नुपर्ने । उपनिबेश बनाएको देशलाई झैं यस्तो राष्ट्रघाती प्रस्ताबमा ज्ञवाली र वामदेव गौतम दुबैको सहमती हुने । नियम अनुसार् भारतले गरेको प्रस्तावलाई परराष्ट्र मन्त्रालयमा देखाउनुपर्ने हो । त्यसबाहेक अर्थ, कानुन लगायतका अन्य मन्त्रालयलाईपनि देखाउनुपर्ने हुन्छ । तर त्यो केहि नगरि सुटुक्क यस्तो प्रस्ताबमा सुन काण्डका नाइके, भ्रस्ट वामदेव र कम्युनिष्ट आदर्शको दुरुपयोग गर्दै सहि धस्कान खोज्ने राधा ज्ञवाली !
उता भारतीय राजदूत रञ्जीत रेसित मिल्ने । अरबौं रकम घुस खाने राष्ट्रियतामाथि गद्दारी गरेर । जलस्रोत जस्तो महत्वपूर्ण र दूरगामी प्रभाव पर्ने सन्धी कस्तो छ भनेर त्यसको पूर्ण मस्यौदा छलफलमा बोलाईएका विज्ञहरुलाई पनि नदेखाउने । कसैलैइ हेर्नपनि नदिईकनै सुटुक्क सहि गर्ने राधा ज्ञवालीको दाउ ।
ज्ञवालीको यो योजना निकै लामे रहेछ । सायद उनलाई उर्जा मन्त्रीनै बनाउनु एक खालको लामो तयारी र षडयन्त्र पो थियो कि ? किनभने उर्जामन्त्री बन्नासाथ राधा ज्ञवालीले ‘नेपाललाई केहि वर्षमै झिलिमिली पारिदिने’ भाषाण छाँटेकि थिईन् । त्यसैगरि वामदेव गौतमलेपनि आफू उपप्रधानमन्त्री हुन ज्यान फालेर लागेका थिए । सुशिल कोइरालाको अनुपस्थितिमा आफूले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनुपर्ने दह्रो अडान राख्दै आएका हुन् । सुशिल कोइराला नभएको मौकामा यसैगरि प्रधानमन्त्रीको अधिकार लिएर राष्ट्रघाती काम गरौंला, गद्दारी गरौंला भन्ने योजना रहेछ ।
ज्ञवालीले अघिल्लो आफ्नो लोकप्रियता दुरुपयोग गर्दै अहिले सुटुक्क संझौतामा गर्न खोजेकि रहिछन् । संविधानसभाको सदस्य थिईनन् । तरपनि ज्ञवाली दोश्रो पटक ऊर्जा मन्त्री भईन् । २०६९ साल जेठमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदापनि उर्जा मन्त्री थिईन् ।
२०२५ सालदेखि राजनीतिक यात्रा थालेर शिक्षण, पत्रकारिता, विद्यार्थी राजनीति, मानवअधिकारकर्मीका रुपमा काम गरेर पो के । अखिल नेपाल महिला संघको पूर्व अध्यक्ष, उपाध्यक्ष, महासचिव, स्थायी समिति सदस्य, अन्तरपार्टी महिला सञ्जालः उपाध्यक्ष, महिला सुरक्षा दबाब समूहको कार्यकारी सदस्य, ने।क।पा-एमाले केन्द्रीय कमिटी सदस्य रहेपनि उनको मनमा भारतकै हित गर्नुपर्छ भन्ने रहरले जरा गाडेको रहेछ सायद । किनभने सन् १९५४ मा भारतको खर्साङमा जन्मिएकी उनले नेपालमाथि गद्दारी गर्दै भारतकै हित गर्न खोजिन् ।
२०६९ जेठमा उर्जा मन्त्री हुँदा उनले खुब आदर्श देखाएकि थिईन् । त्यो बेला महँगा गाडी चढ्न अस्वीकार गर्नुको कारण लोकप्रियता हाँसिल गर्ने र त्यसलाई नगदमा बदलेर राष्ट्रघात गर्ने रहेछ भन्ने अहिले देखियो ।
तर अचम्म, यस्तो राष्ट्रघाती षडयन्त्र बुनेको सार्वजनिक हुँदापनि एमालेका मुख्य नेताले दह्रोसित मुख खोलेका छैनन् । पार्टीले आधिकारिक धारणा दिएको छैन । लाग्छ, जे भैरहेको छ ठिक भएको छ । पार्टीकै निर्देशनमा भएको छ । एमालेको निति र योजनानै नेपालका नदीनालामाथिको अधिकार भारतलाई सुम्पिने हो । त्यसैका लागि एमालेले वामदेव गौतमलाई उपप्रधानमन्त्री र राधा ज्ञवालीलाई उर्जामन्त्री बनाएको हो । यदि पार्टीको निति, हितबिरुद्द हुन्थ्यो भने एमाले पार्टीले राधा ज्ञवाली र वामदेव जस्ता भ्रस्ट, भारतीय एजेन्ट, नेपालमाथि गद्दारी गर्नेलाई कारवाही गर्नुपर्थ्यो । कम्तिमा एमालेको आधिकारिक धारणा त आउनुपर्थ्यो।via from nepal plus
No comments:
Post a Comment
कुनै प्रतिकृया छ कि ?