आदि कविको भानु भक्तआचार्यको २००अौ जन्म जयन्ती यूएइमा मनाइदै--
आदि कवि भानुभक्त आचार्यको २००अौ जन्म जयन्तीको
अवसरमा विश्व नेपाली साहित्य माहासंघ यूएइ शाखाले यही आगामी august-४-०१४ शुक्रवारका
दिन सिन्धी पञ्जाबी रेष्टुरेन्ट वरदुवाएमा अन्तर यूएइ स्तरीय खुल्ला कविता
प्रतियोगिताको आयोजना गर्ने भएको छ । साहित्य प्रति रुचि राख्ने साहित्य सर्जकहरू यूएइमा नगण्य रहेको तर निक्कै लामो समय यता देखि यस्तो पेतियोगितात्मक कार्यक्रम नभै रहेको अवस्थामा यस्तो कार्यक्रमको आयोजना गर्नु GFNL UAE CHAPTER ले सान्दार्भिक ठानेको छ । कार्यक्रम आयोजना गर्नु को प्रमुख उद्देश्य भानु जयन्ती मनाउनु मात्र नभएर यूएइ अन्तर्गतका तमाम साहित्यिक शक्तिहरूलार्इ गोलबद्ध गर्दै प्रोत्साहित गर्नु पनि रहने कुरामा आयोजक विश्वास राख्दछ । साथै स्थापित र नवोदित कविहरूलार्इ एक आपसमा सदभाव तथा सदाचार जस्ता समन्वयात्मक सम्बन्ध कायम गराउनु पनि हो । सम्भवतः यो कार्यक्रम यूएइको सन्दर्भमा पहिलो कार्यक्रम पनि हुने दाबि आयोजकको रहेको छ ।
GFNL UAE CHAPTERले विगत लामो समय देखि यूएइमा ONLINE
SYSTEM मार्फत आफ्ना
क्रियाकलावहरूलार्इ अगाडि बढाइरहेको अवस्थामा दोस्रो अधिवेशन पश्चात् सांगाठानिक
संरचना अन्तर्गत रहेर यो प्रक्रियालार्इ पनि
स्विकार्दै अघि बढ्दा प्रतक्ष रूपमा फाइदा पुग्ने अनुमान गर्दै यस्तो कार्यक्रम आयोजनाको थालनी गरेको
हो । ONLINE SYSTEM मार्फत कविता प्रतियोगिता गर्नु नौलो प्रयोग अवश्य हो
तर पारदर्शितामा यो प्रयोग सन्तोष जनक नरहने साथै स्रोत र साधनको सुविधा नहुने ले
सहभागिता जनाउन नसक्ने हुँदा प्रतक्ष प्रस्तुति नै उत्तम ठानि यो कार्यक्रमको आयोजना गर्ने निर्णय
गरिएको हो । कार्यक्रम दिनको ठिक २ बजे सुरू भै बेलुकी ७ बजे समापन हुने छ । यस
कार्यक्रम लार्इ PRABASI ONLINE RADIO DUBAI तथा NEPALI ONLINE RADIO UAE मा प्रतक्ष प्रशारण गरिनेछ ।
No comments:
Post a Comment
कुनै प्रतिकृया छ कि ?