तेरिया अव यूएइमा
DANCE INDIA DANCE LITTLE MASTER 3RD SEASON को
वि जेता नेपालको छोरी तेरिया फौजा मगरलार्इ आदिवासी जनजाति महासंघ यूएइले २०सौं
विश्व आदिवासी दिवसको अवसर पारेर समग्र यूएइ वासी नेपालीहरू सँग साक्षात्कार गराउन
साथै DANCE INDIA DANCE LITTLE MASTER 3RD SEASON मा प्रथम भइ
सारा नेपालीहरूको शिर विश्वमा उच्च राख्न सफल भएकोमा उनको प्रतिभाको कदर गर्दै र
उनको उज्वल भविष्यको कामना गर्दै उनलार्इ सम्मान गर्ने प्रमुख उद्देश्यले निम्तो
गरिने भएको छ । AUGUST-29-014 का दिन SHEIKH RASHID
AUDITORIUM AL MEHTA DUBAI को विशाल हलमा सम्पन्न हुन लागिरहेको विश्व
आदिवासी दिवस कार्य क्रममा तेरिया फौजा मगरलार्इ अतिथि कलाकारको रूपमा सहभागी
गराइनेछ । GEE TV सँगको प्रत्यक्ष कुराकानी अनुसार तेरियालार्इ
यूएइमा आगमन गराउँदा उनको साथमा GEE TV का MANAGER र उनकी आमा
अनिवार्य हुनुपर्ने हुँदा उहाँहरूलार्इ पनि अतिथिको रूपमा भब्य स्वगत गरिने छ ।
तेरियालार्इ DID LITTLE MASTER 3RD SEASON मा जिताउन भोटी ङ लाइन यूएइ बाट
२००००००+.....रहेको थियो ।




