Saturday, July 5, 2014

नेपाली सङ्घीय समाज युएईको पुनर् गठन, अध्यक्षमा इन्जिनियर प्रमोद श्रेष्ठ



२०१४ जुन २०-दुवाइ,

सङ्घीय समाजवादी पार्टी नेपालको प्रवास सङ्गठन नेपाली सङ्घीय समाज युएईको पुनर् गठन  २०१४ जुन २० का दिन सिन्धी पन्जाबी रेस्टुरेन्ट वरदुवाइमा बसिएको भेलाद्वारा गरियो ।
विगत लामो समय देखि समाजका संस्थापक अध्यक्ष भुवन रार्इले यूएइ छाडी नेपाल बसाइलार्इ निरन्तरता दिएको अवस्थामा उपाध्यक्ष कृष्ण पड्यालले कार्यवाहक अध्यक्षको जिम्मेदारी पद सम्हाल्दै उनु भएको थियो तर पारिवारिक समस्याको कारण उहाँ ले पनि यस गरवशाली नेपाली सङ्घीय समाज यूएइलार्इ समय दिन नसक्ने कारण खुलार्इ  राजीनामा दिएको अवस्थामा, यसै अवस्थालार्इ मध्यनजर राख्दै नेपाली सङ्घीय समाज यूएइले फ्नो नियमित भेलाको अवसरमा रिक्त पदहरू परिपूर्ति गर्ने प्रक्रियालार्इ पुनर् गठनको रूप दिएको हो ।


“नेपाली सङ्घीय समाज यूएइको केन्द्रीय प्रतिनिधि डि. र. गुरुङको अध्यक्षतामा बसिएको भेलाद्वारा कार्यवाहक अध्यक्ष कृष्ण पडेलले दिएको राजीनामा पत्रलार्इ अनुमोदन गर्दै रिक्त अध्यक्ष पदमा  इन्जिनियर प्रमोद श्रेष्ठलार्इ सर्व सम्मतिद्वारा चयन गरियो । यसै अवसर पारेर अन्य पदाधिकारिहरूको पनि पदिय जिम्मेवारीतामा फेर बदल गर्दै “नेपाली सङ्घीय समाज यूएइलार्इ चुस्ता र स्फूर्त बनाउने काम गरियो । जस्मा-उपाध्यक्ष तथा आबुधाबी क्षेत्रीय इन चार्ज-श्री दीप राज न्योङहाङ, उपाध्यक्ष तथा दुबई क्षेत्रीय इन्चार्ज-श्री ललित मान राना मगर, उपाध्यक्ष तथा शारजाह नर्दन इमिरेट्स इन्चार्ज-श्री पासाङ रिन्जी शेर्पालाई सर्वसम्मत बाटै निर्वाचित गरियो भने महासचिवमा- शिव राम गुरुङ, आर्थिक बिभाग प्रमुखमा-श्री महेन्द्र राई, अनुशासन तथा प्रचार प्रसार विभाग प्रमुखमा-श्री विद्रोही साहिँला र युवा विभाग उप-प्रमुखमा- श्री दावा शेर्पालाई सर्वसम्मत बाट निर्वाचित गर्दै अन्य पदमा रहनु भएको पदाधिकारीहरूलाई यथास्थानमै राखिएको छ ।


“नेपाली सङ्घीय समाज यूएइका नव निर्वाचित अध्यक्ष इन्जिनियर प्रमोद श्रेष्ठ ज्यूले नेपाली सङ्घीय समाज” को सम्बन्धमा- जातीय मुक्ति को लागि सङ्घीयता, वर्गीय मुक्तिका लागि समाजवाद भन्ने नौलो परिकल्पना नेपालको लागि अपरिहार्य भएको र यो समाज यसको मान्यता, सिद्धान्त र विश्वास राख्नेहरुको समुह हो । सङ्घीयता भन्नासाथ एकल पहिचान सहितको सङ्घीयता भनेर बुझ्नु पर्छ । म आफै पनि यस सिद्धान्तलाई आफ्नो आस्था मान्ने भएकोले यस समाज संग शुरु देख आबद्ध थिए । म यसै अवसरमा, यो सिद्धान्तलाई अझै प्रचार प्रसार गर्दै जाने कुरामा ध्यान दिदै तमाम नेपाली समुदायहरूलार्इ अरू गोलबद्ध पार्दै जने  प्रतिबद्धता जनाउन चाहन्छु । कुनैपनि किसिमको विभेदकको विरुद्ध मेरो आवाज हुनेछ , यो पनि मेरो प्रतिबद्धता रहने छ भन्दै फ्ना नय टिम र समाज प्रति प्रतिबद्धता स्वरूप फ्नो विचार राख्नु भयो ।


यसै भेलालार्इ सम्बोधन गर्दै नेपाली सङ्घीय समाज यूएइ”का केन्द्रीय प्रतिनिधि डि.र. गुरुङ ज्यूले नेपालमा बन्दै गरेको नय संविधानमा प्रवासिहरूले पनि हरेक निर्वाचनहरूमा मतदान गर्न पाउने मताधिकारको सुनिश्चित गरिनु पर्छ भन्ने कुरामा जोड दिदै यसको लागि नेपाल सङ्घीय समाज यूएइले आगामी दिन मा तमाम प्रवासहरूमा हस्ताक्षर सङ्कलन गरी सरकार तथा संविधान सभा मा पठाउने, अन्तरक्रिया तथा सचेतना कार्यक्रम गर्ने, राजदुतावास हरुमा ज्ञापन पत्रहरु दिने जस्ता काम गर्नमा कुनै कसरत बाँकि नराख्ने कडा निर्देशन नयाँ कार्यसमितिहरूलाई दिँदै पुनर्गठित नय कार्यसमितिको कार्यकाल पूर्णरूपमा उपलब्धिमुलक रहोस भन्ने सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

ग्राउमी-यूएइ

No comments:

Post a Comment

कुनै प्रतिकृया छ कि ?