Sunday, September 21, 2014

नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा २०औ आदिवासी दिबस २०१४ भब्यताका साथ सम्पन्न




यूएइमा "नेपाली कल्चरल शो'' दुइ ठाममा सम्पन्न
यूएइ-१९ सेप्टेम्बर, नेपाल आदिवासी जनजाति महासंघ यूएइले २०औं विश्व आदिवासी दिवस गत शुक्रवार १९ सेप्टेम्बर का दिन दुवाइको अउड मेहथा अन्तर्गत रहेको शेख रसिद अडिटोरियम हलमा भब्यारूपमा सम्पन्न ग-यो । यहि कार्यक्रमलार्इ गत-१८ सेम्पटेम्बर का दिन अवुधावीमा अलनाडा हाइस्कूलको भब्या हलमा नेपाली राज दुतको प्रमूख आतिथ्यमा सम्पन्न गरिएको थियो ।
इन्डियन च्यानल जि टि भी द्वारा सञ्चालित अति नै लोक प्रिय कार्यक्रम डिआइडी लिटिल मास्टर, सिजन-3 को विजयीता नेपालकी छोरी तेरिया फौजा मगरको सम्मान गर्दै तमाम यूएइ अन्तर्गतका नेपाली समुदायमा  साक्षात्कार गराउने उदेश्यले आयोजना गरिएको यस कार्यक्रम अगस्ट-29 मा नै सम्पन्न गर्नु पर्ने निर्णय महासंङले गरे पनि अतिथि कलाकार तेरिया फौजा मगरको नेपाली पासपोर्ट ब्रिटिस कन्सुलर मुम्बै भारत ले रोकि दिए पछि यस कार्यक्रमलार्इ करिब एक महिना पछि सारिएको हो ।
इभेन्ट लिगल पाटनर साइ इभेन्टस को ब्यानरमा नेपाली कल्चरल शो कार्यक्रम,  नेपाल आदिवासी जनजाति महासंघ यूएइ का वर्तमान अध्यक्ष डेर राज लमतमु गुरुङ को सभापतित्वा र रिगल ग्रूपका प्रमुख वासु स्रोफ 'दादाजी'का प्रमुख आतिथ्यमा सञ्चालन गरिएको यस कार्यक्रमका अन्य अतिथिहरूमा-साइ इभेन्टस बाट मेनेजिङ डाइरेक्टर- नविन नरवानी,  जितिभीका प्रमुख- मिस प्रेमा सेट्टी, नेफिन यूएइ का संस्थापक अध्यक्ष यम तमु, एनआरएन मिडिलिस् कोअर्डिनेटर-चन्द्र रोकाह, नेपाली समाज यूएइका अध्यक्ष ज्ञानेन्द्र कार्की लगायत महासंघमा आबद्ध दशै वटा संस्थाका प्रमुख र प्रतिनिधिहरू रहेका थिए ।
प्रमुख अतिथिको बाहुल्यबाट दिप प्रज्वलन र नेपाली राष्ट्रिय गान सँगै उद्घाटन गरिएको यस कार्यक्रममा विभिन्न जात जातिहरूको भेष भूषा प्रदर्शनीले कार्यक्रमको सोभामा महत् पूर्ण भूमिका निर्वाह ग-यो । अतिथि कलाकार डिआइडि लिटिल मास्टार सिजन-3 को विजयीता नेपालकी छोरी तेरिया फौजा मगर र नेपाली चलचित्र 'नोभेम्बर रैन' कि चर्चित नायिका छुल्थिम डोलमा गुरुङ को विभिन्न सानदार प्रस्तुतिहरू सँगै स्थानीय कलाकारहरूको प्रस्तुति पनि अति नै अब्बल रह्यो । पहिचान जन्य संस्कृतिक झाँकी प्रदर्शनीमा थारू समुदायबाट- झुम्रा, नेवापुछ बाट- लाखे, मगर समाज बाट- सोरठी, कियाचु बाट- च्याब्रूङ, र  किराया बाट- साकेला प्रस्तुत गरिएका थिए ।
यसै कार्यक्रमको अवसरमा अतिथि कलाकार द्वय तेरिया फौजा मगर र छुल्थिम डोलमा गुरुङलार्इ सम्मान गर्दै साथमा महासंघमा आवद्द रहेर संस्थालार्इ अमूल्या योगदान पू-याउनु हुने अन्य ब्यक्तिहरूलार्इ पनि सम्मान गरियो । यसै अवसरमा प्रमुख अतिथिको तर्फबाट शुभकामना मन्तव्य राख्ने क्रममा रिगल ग्रूपका प्रमुख वासु श्रफले यूएइमा रहेका नेपाली समुदायले गर्ने कुनै पनि पहिचान झल्कने सांस्कृतिक कार्यक्रम गर्दा शेख रशिद अडिटोरियम हल निःशुल्क रूपमा उपलब्ध गरि दिने प्रतिबद्धताको घोषणा गर्नु भयो । एक शो बराबर ३००००/- दिराम लाग्ने सो हल यूएइमा रहेका नेपाली समुदायले निःशुल्क पाउन आफैमा गर्वको विषय हो ।
ग्राउमि,यूएइ

No comments:

Post a Comment

कुनै प्रतिकृया छ कि ?